मण्डली सभा संचालन शैली
विश्वमा भएका ख्रीष्टिय मण्डलीहरूका आराधना सभा संचालन शैलीहरू फरक फरक रहेको पाइन्छ। कतिपया मण्डलीहरूमा संगीत समूहद्वारा भजन तथा गीतहरू गाउने कार्यहरूमा लामो समय लिएको पाइन्छ। त्यसपछि सूचना तथा जानकारीहरू गराउने गरिएको पाइन्छ। अन्तमा प्रवचन दिने गरिएको पाइन्छ। प्रवचन समय अत्यन्तै छोटो दिइएको पाइन्छ। कतिपया मण्डलीहरूमा भजन गाउने कार्यलाई अत्यन्तै छोटो समय दिइएको तर प्रवचनलाई लामो समय दिइएको देखिन्छ। कतिपया मण्डलीहरूमा रीतिविधिहरूलाई बढावा दिइएको देखिन्छ।
- All Posts
- जीवनी

मेरो जन्म २०५२ माघ १४ गतेका दिन ललितपुर स्थित पाटन अस्पतालमा भएको थियो। सानै देखि मनलागेको कुरा नपाए मन दुखाएर बस्ने, बाहिर प्रकट गर्न नखोज्ने प्रवृत्तिको थिएँ। झगडा गर्न र रिसाउन पछि पर्दिन थिए। रिसाउने त बानी नै भईसकेको थियो। मेरो जीवनमा सानै देखि नै केही अवस्मरणीय घटनाहरू घट्न पुगे, जस मध्ये एक थियो, बाइक दुर्घटना। बाईकमा स्कुल जाँदै गर्दा...
कहाती, गेर्शोनी र मरारीहरू को थिए?
- All Posts
- एनोन ज्ञान

कहाती, गेर्शोनी र मरारीहरू इस्राएलका लेवी कुलका तीन घरानाहरू थिए (गन्ती २६:५७)। प्रत्येक कुलमा त्यस मानिसका सन्तानहरू थिए जसबाट कुलले आफ्नो नाम प्राप्त गरेको थियो। कहात कहातीहरूका पिता थिए, गेर्शोन गेर्शोनीहरूका पिता थिए। मरारी मरारीहरूका पिता थिए।
- All Posts
- लेख
- All Posts
- लेख

येशू ख्रीष्टलाई मेरो साथी मान्नु एक अद्भुत अनुभव हो। उहाँले मेरो जीवनमा साथ दिनुभएको छ। जसले मलाई शक्ति, आशा, र प्रेमको अनुभव गराउँछ। येशू मेरो साथी हुनुमा मैले आत्मिक सन्तुष्टि पाएको छु। मेरो एउटा साथी हुनुहुन्छ। उहाँ मेरो अहिलेसम्मकै सबैभन्दा मिल्ने साथी हुनुहुन्छ। उहाँ यति दयालु र सत्य हुनुहुन्छ कि तपाईंले पनि उहाँलाई चिन्नुभएको होस् भन्ने म चाहन्छु। उहाँको नाम येशू हो। कति अचम्म उहाँ तपाईंको पनि साथी बन्न चाहनुहुन्छ! उहाँको बारेमा मलाई केही भन्न दिनुहोस्। यो सत्य वाइबलिय कथा हामी बाइबलमा पढ्छौं। बाइबल सत्य छ। यो परमेश्वरको वचन हो। संसार र यसमा भएका यावत् थोक बनाउने परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ। उहाँले सबै थोकलाई जीवन र सास दिनुहुन्छ। येशू परमेश्वरको पुत्र हुनुहुन्छ। परमेश्वरले उहाँलाई स्वर्गबाट पृथ्वीमा हाम्रो आफ्नै मुक्तिदाता हुनको निम्ति पठाउनुभयो। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो (अर्थात् उहाँले तपाईं र मलाई प्रेम गर्नुभयो) कि उहाँले आफ्ना एकमात्र पुत्र, येशू, (हाम्रो पापको निम्ति मर्नको लागि) दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। (बाइबलमा भएको यूहन्नाको पुस्तकको ३ अध्यायको १६ पदमा लेखिएको छ) येशू यस पृथ्वीमा सानो बालकको रूपमा आउनुभयो। पृथ्वीमा उहाँको बुवा योसेफ र आमा मरियम हुनुहुन्थ्यो। उहाँ गोठमा जन्मनुभयो र डुँडमा पस्रनुभयो। येशू आफ्नो बुवाआमाको साथमा हुर्कनुभयो र उहाँले बुवाआमाको आज्ञा पालन गर्नुभयो। उहाँले आफ्नो बुवा योसेफलाई सिकर्मी काममा सहायता गर्नुभयो। जब येशू परिपक्व मानिस हुनुभयो, उहाँले मानिसहरूलाई उहाँको स्वर्गमा हुनुहुने पिताको बारेमा सिकाउनुभयो। परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा उहाँले तिनीहरूलाई देखाउनुभयो। उहाँले रोगीहरूलाई निको पार्नुभयो र कष्टमा परेकाहरूलाई सान्त्वना दिनुभयो। उहाँ...
⚡ भर्खरै
- All Posts
- ई - पेपर (e-paper)
- एनोन ज्ञान
- एनोन प्रश्नोत्तर
- जीवनी
- बाल मञ्च
- लेख
- विचार
- सम्पादकीय
🖊️ ख्रीष्टियान कविता
- All Posts
- ई - पेपर (e-paper)
- एनोन ज्ञान
- एनोन प्रश्नोत्तर
- जीवनी
- बाल मञ्च
- लेख
- विचार
- सम्पादकीय
हरेक महिना अपडेट पाउनुहोस्।
जीवनी

एनोन पत्रिका (e-magazine)
नोट : यस साईटमा भएको ई – पेपर (e-magazine) हेर्नको लागि कृपया लग-ईन (Login) वा लग-ईन नभएको खण्डमा रेजिस्टर (register) गर्नुहोस्।
ताजा लेखहरू
📚 एनोन ज्ञान
ख्रीष्टिय लेखहरू



मध्ययुगीन क्रुसेडहरू ख्रीष्टियन इतिहासका कलंक थिए जसलाई मूलतः रोमन क्याथोलिक चर्चले संचालन गरेका थिए। पवित्र रोमी साम्राज्य तथा पवित्र रोमन क्याथोलिक चर्च भनिएका युरोपका दुई ठूला संस्थाहरूको संयुक्त बलमा मुश्लिमहरूको अधिनमा रहन पुगेका इस्रायली भूमिको छुट्काराको निम्ति क्रूसको नाममा जुन युद्धहरू लडेका थिए तिनलाई इतिहासमा क्रूसेडहरू भनिन्छ। सबैभन्दा पहिला त रोमन क्याथोलिक चर्च नै ख्रीष्टको साक्षीको कलंक बन्यो। यसका शिक्षा र विश्वासद्वारा सत्यतालाई भारी मात्रामा बंग्याइएको थियो। यसले पोपलाई संसारमा ख्रीष्टको प्रतिनिधिको रुपमा मान्दछ जसलाई सारा संसारका क्याथोलिकहरूले गोठालाको रुपमा मान्दछन्। उनीहरूका शिक्षा अनुसार बप्तिस्माद्वारा मुक्ति […]
आफ्नो लामो जीवनकालमा, डार्लिन डिब्लर रोजले टाढाका मानिसहरूलाई ख्रीष्टको साक्षी दिएकी थिई। डार्लिनको जन्म १० मे १९१७ मा अमेरिकाको आयोवा राज्यमा भएको थियो। उनले नौ वर्षको उमेरमा ख्रीष्टलाई ग्रहण गरे र एक वर्ष पछि मिसनरीको रूपमा परमेश्वरको सेवा गर्न प्रतिबद्ध भइन्। उनको किशोरावस्थाको अन्त्यमा उनले मिसनरी हुनको लागि अध्ययन गर्न थालिन् र बीस वर्षको उमेरमा प्रशिक्षणमा रहँदा रसेल डेइबलरसँग विवाह गरिन्, जो पहिले नै डच ईस्ट इन्डिज (Dutch East Indies) मा मिसनरी थिए र अहिले आधुनिक इन्डोनेसिया भएको छ। १९३८ मा डार्लिन र रसेल न्यू गिनीको दुर्गम भित्री भागमा सुसमाचार प्रचार गर्ने उद्देश्यले सँगै गए। अष्ट्रेलियाबाट उत्तरमा रहेको यो […]
बाइबल मात्र यस्तो पुस्तक हो, जसमा इस्राएलको निवासस्थान (Tabernacle) सम्बन्धी पूर्ण र विस्तृत जानकारी दिएको छ। निवासस्थानको संरचना निर्माण र त्यसमा रहने सामग्रीहरूको सम्बन्धमा बाइबलको पुस्तक प्रस्थान २५ – २८ अध्यायहरुमा विस्तृतरूपमा उल्लेख गरिएको छ। निवासस्थानको निर्माण कार्यान्वयन सम्बन्धी प्रस्थान ३५ – ४० अध्यायहरूमा विवरणहरू उल्लेख गरिएको छ। इस्राएलको निवासस्थान धेरै नामहरूद्वारा चिनिने गर्दछ जस्तै वासस्थान, पाल वा भेट हुने पाल, परमेश्वरको घर, पवित्रस्थान, परमेश्वरको मन्दिर। मोशाको मध्यस्थतामा परमेश्वरले इस्राएलीहरुसँग वाचा बाध्नुभयो , व्यवस्था दिनुभयो र निवासस्थान बनाउनको लागि भेटी ल्याउन् बोलाउनुभयो (प्रस्थान २४ – २५ अध्याय)। इस्राएलीहरूको भेटी निर्माण कार्यमा चाहिएको भन्दा ज्यादै बढी भयो (प्रस्थान ३६:५ – ७)। […]
एनोन पत्रिका
‘एनोन’ पत्रिका द्वैमासिक ख्रीष्टियान पत्रिका हो। बाइबलीय सत्यतामा आधारित लेख रचना र थुप्रै आत्मिक विषयबस्तु पत्रिकामा संग्रहित छन्।
यस पत्रिकाको नियमित पाठक हुन चाहानुहुन्छ भने हामीलाई सम्झनुहोस्।
- एनोन प्रश्नोत्तर
तपाईले पठाउनुभएको प्रश्नहरूको जवाफ ।
तपाईसँग बाइबल सम्बन्धि केहि प्रश्नहरू छन् भने कृपया हामीलाई तपाईका प्रश्नहरू पठाउनुहोस्। हामी तपाईलाई तपाईको प्रश्नको जवाफ दिने प्रयास गर्नेछौं!


















